पाँच पाण्डवले ‘स्वर्ग’ जान प्रयोग गरेको बाटो मानिने प्यूठानमा रहेको स्वर्गद्वारी मन्दिर भारतीय तीर्थयात्रीहरूका लागि महत्त्वपूर्ण धार्मिक गन्तव्य बन्दै गएको छ।
व्यवस्थापन समितिका अनुसार मन्दिर दर्शनका लागि दैनिक सयौँको सङ्ख्यामा भारतीय तीर्थयात्रीहरू त्यहाँ पुग्ने गर्छन्।
पछिल्ला दिनहरूमा उनीहरूले चढाउने भेटी नै मन्दिर व्यवस्थापनको निम्ति आवश्यक पर्ने आयको मुख्यस्रोत रहेको व्यवस्थापन समितिका अधिकारीहरू बताउँछन्।
१२४ वर्षदेखिको धुनी विक्रम संवत् १९५२ मा महाप्रभु भनिने नारायण गौतमले स्वर्गद्वारीमा आश्रम स्थापना गर्न महायज्ञ गरे पछि भारतीय तीर्थयात्रीहरूको आकर्षण बढेको बताइन्छ।
यहाँको महत्त्वपूर्ण विशेषता महायज्ञमा बालिएको धुनी हो।
त्यो धुनी अहिलेसम्म पनि निरन्तर बलिनै रहेको छ।
अर्थात् एक शदाब्दीभन्दा अघि देखिको आगो स्वर्गद्वारीको निरन्तर साक्षी बन्दै आएको छ।
Press and education