संस्कृति, tutorial,

मन्दिर पुननिर्माण मार्फत सांस्कृतिक पुनर्लेखन को प्रयास

sthakuri sthakuri Follow Jan 18, 2019 · 2 mins read
मन्दिर पुननिर्माण मार्फत सांस्कृतिक पुनर्लेखन को प्रयास
Share this

हामी मन्दिर पुनः निर्माण संगै कु-संस्कारको पुनर्लेखन गर्दै छौँ ।

हाल ऐरावती गाउँ पालिका वार्ड नम्बर ५ बालिबिसौनामा रहेको माता धाई वृद्धिको मन्दिर पुनः निर्माण गर्ने कार्य भई रहेको छ । माता धाई वृद्धिको मन्दिर बालिबिसौना बासी ठकुरीहरुको इतिहास बोकेको एउटा ऐतिहासिक धरोहर हो । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेपाल राज्य एकिकरण अभियान लाई अघि बढाउदै गरेका उनका कान्छा राजकुमार बहादुर शाहले त्यो बेलाको चौबिसे राज्यमध्यको एक प्युठान राज्यको भित्रिकोटे चन्द राजामाथि धावा बोलेपछि आफ्नो बंश रक्षाको निम्ति दरबारको सुसारे धाई आमा मार्फत दरबारको राजकुमारलाई गोप्य रुपमा दरबार छोडेर अन्यत्र लागेको भन्ने भनाई छ । त्यहि राजकुमारबाट चन्द राजाको वंश अगाडीबढेको र चन्द राजाको सन्तति प्युठान जिल्लाको बालिबिसौना भन्ने गाउँ लगाएत अन्यठाउँमा बसोबास गर्दै आएको किम्बदन्ती छ । बहादुर शाहले प्युठानका चन्द राजाका सन्तति सबैलाई मार्ने आदेस भएको हुनाले आफ्नो हुलिया बदल्न चन्द थर बदलेर शाही र शाह लेख्न थालेको भन्ने छ ।

आफ्नो थर जे लेखेपनि भित्रिकोट राजाको सन्ततिहरु को गोत्र भारद्वाज रहेको र माता धाई वृद्धिलाई( धाई आमा) आफ्नो शक्तिका देवी देउता मानेर दशैंको नव दुर्गा पुजा गर्ने चलन छ । अहिले पनि भित्रिकोट प्युठानमा माता धाई वृद्धिको पुजा गर्ने चलन छ र त्यहि परम्परा कायम राख्दै बलिबिसौनामा धाई वृद्धिको मन्दिर बनाई पुजा आजा हुने गर्दछ। मन्दिर एक भएपनि पुजा दुई ठाउँ हुने गर्दछ । एउटा धाई आमाको र अर्को वृद्धिको (राजकुमार सन्तति)।

अहिलेको मन्दिरको अवस्था जिर्णभएको हुनाले ठकुरी परिवारको संयुक्त प्रयासमा मन्दिरको पुनर्निर्माण गर्न लागिएको छ र त्यसैको लागी रकम संकलन कार्य भैरहेको छ । बालिबिसौना गाउँ र ठकुरी परिवार प्रति आस्था राख्नेहरु सबैले मन्दिर पुननिर्माण गर्न आफुले सक्दो सहयोग गर्न अनुरोध गर्दछौं । मन्दिर २०७८ जेष्ठ मसान्त सम्म निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।

Shine Resunga Development Bank Ltd.
नाम: माता धाई बृद्धि संरक्षण धाम
ठेगना:ऐरावती ५ बालबिसौना ,प्यूठान
खाता न.०२५००१००३९१२१६०००००१

१. अहिले मन्दिरमा गाउँमा बस्ने दलितहरुलाई मन्दिर प्रवेश निषेध गरिएको छ, अब बन्ने नयाँ मन्दिरमा हामीले सबै जात जातीय हरुलाई पुजा गर्न खुल्ला गर्ने छौँ।

२. अहिले मन्दिर भित्रै बलि दिने प्रथा छ, जसले गर्दा मन्दीरमा पुजा गर्न आउने भक्तजनहरुलाई हत्या हिंसाले पुजा गर्न असजिलो बन्ने गरेको छ, अब बन्ने नयाँ मन्दिरमा हामी बलि प्रथ कम गर्दै लानेछौँ र बलि दिनै परे पनि बलिदिनको लागि छेउमा छुट्टै व्यवस्था गर्ने छौँ ।

Join Newsletter
Get the latest news right in your inbox. We never spam!
sthakuri
Written by sthakuri Follow
Blogger, fashionista, love to explore new ideas and write on my morning coffee!